चितवनमा छोरी र भतिजको हत्यापछि आत्महत्याको प्रयास

चितवन | जेठ २, २०८२

चितवनमा छोरी र भतिजको हत्यापछि आत्महत्याको प्रयास सांकेतिक तस्वीर

चितवन:  चितवनमा एक व्यक्तिले आफ्नी छोरी र भतिजको हत्या गरेका छन्। 


चितवनको भरतपुर महानगरपालिका– २५ शुक्रनगरका लिलाराज गिरीले छोरी सात वर्षकी प्रभा गिरी र दाजुका छोरा ५ वर्षका सजन गिरीको हत्या गरेका चितवन प्रहरीले जानकारी दिएको छ। 


प्रहरीका अनुसार ४२ वर्षका गिरी मानसिक रोगी थिए। उनले मानसिक रोगको औषधी पनि सेवन गरिरहेका परिवारका सदस्यले बताएका छन्। 


उनले आज बिहान १० बजेतिर बालबालिकालाई खुर्पा प्रहार गरेर हत्या गरेपछि आफ्नो घाँटीमा पनि प्रहार गरेका थिए। उनी पनि गम्भीर घाइते अवस्थामा रहेका प्रहरीले जनाएको छ।


उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्